सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको छ : मन्त्री खनाल

काठमाडौँ, १२ बैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका-१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए । कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनले बताए ।

मन्त्री खनालले भने, “प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ, १२ बैशाख । सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  बढुवा

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत

काठमाडौँ, १२ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै