दाङ, ८ पौष । दाङको तुलसीपुरमा भएको बस दुर्घटनाको शोकमा आइतवार दाङका शिक्षण सस्थाहरु बन्द भएका छन ।
स्थानीय तहको निर्णय अनुसार शिक्षण संस्थाहरुले दुर्घटनाले गर्दा शिक्षा क्षेत्रमा ठूलो क्षति भएको भन्दै एक दिन शोक मनाइएको शिक्षा समितिले जनाएको छ ।
जिल्लाका क्रियाशील निजी विद्यालयका छाता संगठनहरु प्याब्सन र एनप्याब्सनले जिल्लाका सबै निजी विद्यालय बन्द भएको जनाएको छ ।
परीक्षा सञ्चालन भएका विद्यालयले समेत परीक्षा रोकेको जानकारी न्यौपानेले दिए । घोराही , तुलसीपुर शान्तिनगर, दगीशरण क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएका हुन ।
शैक्षिक भ्रमणका क्रममा भएको सडक दुर्घटनामा परेर २३ जना शिक्षक विद्यार्थीले जयान गुमाएका छन भने १४ जना घाइते अवस्थामा उपचार गरिरहेका छन ।






