प्रधानमन्त्रीद्वारा शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिएका छन् । 

उनले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन उपकुलपतिहरुलाई आज निर्देशन दिएका हुन् । 

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरीका विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुसँग साढे तीन घण्टासम्म समसामियक विषयमा छलफल गरेका थिए । 

छलफलमा उपकुलतिहरुले जेनजी आन्दोलन, चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका थिए । छलफलमा उपकुलपतिहरुले जग्गा प्राप्ती, जनशक्ति र स्रोतसाधनको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ  । अब कहिले हुने

काठमाडौँ, ११ बैशाख । नेकपा (एमाले)ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ।  एमाले संसदीय दलका नेता

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी