१६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल प्रयाेगमा प्रतिबन्ध लगाउँदै नर्वे

एजेन्सी, ११ बैशाख । नर्वेले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने गरी कानुन ल्याउने तयारी गरेको छ । सरकारले यससम्बन्धी विधेयक संसद्‌मा यसै वर्षको अन्त्यसम्म पेस गर्ने जनाएको छ । 

नयाँ कानुन अनुसार सामाजिक सञ्जाल कम्पनीहरूलाई नै प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने जिम्मेवारी दिइनेछ । सरकारले बालबालिकाको डिजिटल जीवन सुरक्षित बनाउन यो कदम चालेको प्रधानमन्त्री जोनास गाहर स्टोएरेले बताएका छन्।

उनका अनुसार बालबालिकाको जीवन खेल, मित्रता र दैनिक गतिविधिमा केन्द्रित हुनुपर्ने भएपनि अहिले एल्गोरिदम र स्क्रिनले त्यसलाई प्रभावित गरिरहेको छ ।

त्यसैले बालबालिकालाई सुरक्षित बाल्यकाल सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको उनले बताएका छन् । विधेयक २०२६ को अन्त्यसम्म संसद्‌मा पास गर्ने लक्ष्य राखिएको छ । सरकारले कुन–कुन सामाजिक सञ्जाललाई प्रतिबन्धको दायरामा ल्याइनेछ भन्ने स्पष्ट गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्