सुकुम्वासीमाथि राज्यले बल प्रयोग गर्न मिल्दैन : कांग्रेस

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने बताएको छ । 

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै वार्ता र संवादबाट समाधान सुल्झाउन माग गरेको छ । 

यस्तै, जमिन र आवास नहुने सुकुम्वासी व्यवस्थापनको दायित्व पनि सरकारले लिनुपर्ने कांग्रेसको निष्कर्ष छ । विद्यार्थी संगठन र ट्रेड युनियन संविधानले दिएको अधिकार भन्दै सुधारेर लानुको सट्टा खारेज गर्ने सरकारले गरेको निर्णयको कांग्रेसले विरोध गरेको छ ।

त्यसैगरी, बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णयसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । नेकपा (एमाले)ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ।  एमाले संसदीय दलका नेता

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा पूर्वराजा शाह आज पोखरा पुगेका हुन्