त्रिभुवन विमानस्थल आजदेखि ६ घण्टा ४५ मिनेट बन्द

काठमाडौँ, ७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि आउँदो जेठ ४ गतेसम्म थप ६ घण्टा ४५ मिनेट बन्द गरिने भएको छ ।

यो अवधिमा राति ११ः४५ देखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानस्थल यसअघि राति १ देखि बिहान ६ बजेसम्म बन्द गर्ने गरिएको थियो ।

उनका अनुसार आज ७ गतेदेखि २७ दिनको लागि ६ घण्टा ४५ मिनेट बन्द हुनेछ । विमानस्थलको रनवे विस्तारको लागि बन्द हुने समय थप भएको हो ।

दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले थप एक घण्टा ४५ मिनेट विमानस्थल बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका