पर्यटकलाई दुःख दिन १६ जना महिला पक्राउ

काठमाडौँ, ६ बैशाख । पोखराको लेकसाइडमा पर्यटकहरुलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए । साथै अनैतिक क्रियाकलाप बढ्दै गइरहेको जनगुनासो पनि आइरहेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म कारबाही चलाएको थियो ।

त्यसक्रममा १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ७ बैशाख । आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको