एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको हो ।

योग शिविर चलिरहेको ठाँउमा जाँदै गरेको अवस्थामा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ ।

एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ७ बैशाख । आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको