औद्योगिक केरिडोरलाई उद्योग हव, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

विराटनगर, ६ पौष । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउँदै विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने उद्घोष गर्नुभएको छ ।

शुक्रवार मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी वर्तमान समयमा अनिवार्य भएको बताउनुभयो । उहाँले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको जानकारी गराउनुभयो ।

उहाँले विकसित र परिस्कृत प्रदेश बनाउन कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । उहाँले व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा