कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने

काठमाडौँ, १५ चैत । सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो घोषणा गरेको हो । साना बालबालिकाहरूमा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।

कार्यसूचीमा भनिएको छ, ‘कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने । उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० साउन । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ । इरानसमर्थित हुथी

काठमाडौँ, १९ साउन । बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको मृत्यु भएको छ । यसले विपन्न परिवारहरूमा गम्भीर

एजेन्सी, १९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा लगाएको नयाँ दोहोरो अंकको महसुलविरुद्ध २५

एजेन्सी, १८ साउन । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा २ सय ५० जनाभन्दा धेरै यात्रु चढेको जहाजमा आगलागी भएको