लाल सागरमा भारतीय झण्डा भएको जहाजमाथि आक्रमण

एजेन्सी, २० साउन । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ ।

इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । हमलापछि जहाज डुबेको छ । तर जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर जहाजमाथि भएको हमलाको निन्दा गरेको छ । मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ । साथै चालक दलका सदस्यहरूको सुरक्षाका लागि यमनका सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच यमनका हुथी विद्रोहीले आक्रमणको धम्की दिएपछि ६ वटा साउदी सुपरट्यांकरले आफ्नो समुद्री मार्ग परिवर्तन गरेका छन् । ती ट्यांकरले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने छोटो मार्गको सट्टा अफ्रिकाको दक्षिणी भाग हुँदै जाने लामो समुद्री मार्ग रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १४ असोज । आज २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी