इण्डोनेसियाको एक जहाजमा आगलागी हुँदा ५ जनाको मृत्यु

एजेन्सी, १८ साउन । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा २ सय ५० जनाभन्दा धेरै यात्रु चढेको जहाजमा आगलागी भएको छ । घटनामा कम्तिमा ५ जनाले ज्यान गुमाएका छन् । ३९ जनाको अवस्था थाहा हुन सकेको छैन ।

सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मकासरका लागि प्रस्थान गरेको थियो । सापुदी टापुबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी भएको हो ।

जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात् (बो) मा जम्मा भएका थिए । त्यस्तै समुद्रमा हाम फालेका दर्जनौँ यात्रुलाई नजिकै रहेका अन्य जहाजले तत्काल उद्धार गरेका समाचार संस्था एपीले जनाएको छ ।

अहिले पनि त्यस क्षेत्रमा खोज तथा उद्धार कार्य भैरहेको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ । सन् १९९२ मा जापानमा निर्माण भएको १६० मिटर लामो जहाज सन् २०१५ मा इन्डोनेसियालाई बिक्री गरिएको थियो ।

सत्र हजारभन्दा धेरै टापु रहेको इन्डोनेसियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो । तर कमजोर सुरक्षा मापदण्डका कारण त्यहाँ बेला–बेलामा यस्ता समुद्री दुर्घटना हुने गरेका छन् ।     

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू