रामेछाप दुर्घटना अपडेट : थप एकजनाको मृत्यु

काठमाडौँ, १८ फागुन । रामेछाप नगरपालिका–२, देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । 

निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजनाको घटनास्थलमा र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव छन् । साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा सातजना घाइते भएका छन् । घाइतेमध्ये जिल्लाको खाँडादेवी गाँउपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ का २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का र सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे र ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान

काठमाडौँ, १९ फागुन । बागलुका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन

काठमाडौँ, १९ फागुन । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । देवदह प्रहरी चौकीका अनुसार गएराति साढे

काठमाडौँ, १९ फागुन । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा