जुत्ता चप्पल उद्योगमा अध्यक्ष ओली, आन्तरिक उत्पादनलाई प्रोत्साहन बढाउने प्रतिबद्धता

दमक, १८ फागुन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ।

दमक ४ मा रहेको एक्सन फुट वेरमा काम गर्ने २५० भन्दा बढी मजदुरहरूलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो। सो अबसरमा उहाले यहाँको उत्पादनको प्रकार, स्थिती र बजारको संभावनाका बारेमा अध्यक्ष ओलीले जानकारी लिनुभएको थियो ।

संचालक चुडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपाल भर बितरण गर्ने गरेको र माग अनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सृजना गर्ने काममा आफू तागी पर्ने सो अबसरमा अध्यक्ष ओलीले बताउनु भयो । आसन्न निर्वाचनकालागी प्रचारको अन्तिम दिन उहाले आज स्थानीय उद्योग र त्यहा काम गर्ने मजदुरसग भेट गर्नु भएको हो ।

झापा ५ बाट प्रत्यक्ष तर्फको उम्मेदवार समेत रहनुभएका ओली अहिले चुनावी अभियान अन्तरगत घरदैलोमा व्यस्त रहनुभएको छ । आजै उहाँ झापा ५ का विभिन्न स्थानमा जाने र मतदाता भेट्ने काममा सहभागी हुनुहुने उहाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान

काठमाडौँ, १९ फागुन । बागलुका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन

काठमाडौँ, १९ फागुन । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । देवदह प्रहरी चौकीका अनुसार गएराति साढे

काठमाडौँ, १९ फागुन । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा