काठमाडौँ, २८ मङ्सिर । शिक्षाशास्त्र सरोकार समाजद्वारा पाठ्यक्रम विकास केन्द्रमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र बिषय समायोजन सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा आफ्नो ध्यानाकर्षपत्र बुझाउँदै यथासक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरको छ । ध्यानाकर्षणपत्र बुझाउँदै समाजका अध्यक्ष जीवन ढुङ्गानाले माग सुनुवाई नभए आन्दोलनको कुनै विकल्प नभएको बताउनुभएको छ । उहाँले लाखौं शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकहरुको भविष्य माथि खेलवाड गर्ने प्रकारका कुनै पनि कुचेष्ठा नगर्न समेत विनम्रतापूर्वक आग्रह गर्नुभएको छ ।

समाजले आफ्ना मागहरु पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बिदामा रहनुभएकोले उपनिर्देशक श्री टार्जन राई समक्ष बुझाएको छ । उपनिर्देशक राइले हाम्रा मागहरु र बिचारहरु महानिर्देशक समक्ष प्रस्तुत गर्ने र चाडै नै बार्ता द्वारा यी मागहरुको सम्बन्धमा थप छलफल गरि निष्कर्षमा पुगिने बिश्वास दिलाउनु भएको छ ।






