काठमाडौँ, २० मङ्सिर । शिक्षाशास्त्र सरोकार समाजले शिक्षाशास्त्रलाई एक विधाको रुपमा स्थापित गराई छाड्ने र यसको भूमिकालार्इ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
समाजको बुधावार बसेको प्रथम बैठकले तत्काल सुरु गर्नकालागि हालै बनेको कक्षा ११ र १२ मा शिक्षाशास्त्रका बिषय समायोजन चित्त बुझ्दो नभएकोले त्यसलार्इ तत्काल सच्याउन पाठ्यक्रम विकास केन्द्रलार्इ ध्यानाकर्षण गर्ने र आवश्यक परे त्यसकालागि आन्दोलन गर्ने निर्णय गरेको छ । यस्तै शिक्षाशास्त्रका सरोकारहरुका विषयमा घनिभुत छलफल र बहस गर्दै राज्यका निकायहरु र शिक्षाशास्त्रीहरुबीच विधागत समन्वय स्थापित गर्ने निर्णय गरिएको छ ।
समाजले प्राज्ञिक उन्नयन मार्फत आफ्ना विचारहरु प्रस्तुत गर्न एक अनुसन्धानमूलक पत्रिका प्रकाशन गर्ने समेत निर्णय गरेको छ । बैठकले सम्पूर्ण शिक्षाशास्त्रसँग सरोकार राख्नेहरुलार्इ यस समाजमा आबद्द भर्इ सबैले सहयोग गर्न अपिल पनि गरेको छ ।
समाजका संयोजक जीवन ढुंगानाको अध्यक्षतामा र बरिष्ठ शिक्षाबिद् तथा सल्लाहकारहरु प्रा. डा. बासुदेब काफ्ले, प्रा. डा. गणेश बहादुर सिंह, प्रा. डा. हेमराज ढकाल, सह प्रा. डा. जनार्दन घिमिरे, सह प्रा. डा. पेशल खनाल, र सह प्रा. किरणराम रञ्जितकारको आथित्यतामा सम्पन्न भएको हो ।

उक्त छलफल कार्यक्रममा शिक्षाविद् तथा यस समाजका सल्लाहाकार प्रा. डा. बासुदेब काफ्लेले कर्मचारीले परिवर्तन गरिदेलान् भन्ने हो भने परिवर्तन नहुने बताउनुभयो । उहाँले समाज समकालीन शैक्षिक मुद्दाहरुलार्इ शसक्त ढंगले उठाउदै शिक्षाशास्त्रलार्इ एक विधाको रुपमा स्थापित गर्ने ढंगले लाग्नु पर्ने बताउनु भएको छ । ‘हामी शिक्षासास्त्र सम्बद्धहरु परिवर्तनको अगुवार्इ नगरेसम्म कर्मचारीले परिवर्तन गरिदेलान भन्ने नसोचे हुन्छ’ उहाँले भन्नु भयो । उहाँले एक गुणस्तरीय शिक्षक तयार गर्न राज्यले धेरै नै खर्च गर्नु पर्छ भने खराब शिक्षक पाल्न राज्यले त्यो भन्दा धेरै नै खर्च हुने कुरा राज्यले बुझ्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘जबसम्म गुणस्तरीय शिक्षक उत्पादन गर्ने शिक्षाशास्त्र बनाउन सकिँदैन तबसम्म देशको समृद्धिमा सघाउ पुर्याखउने शिक्षा बन्न सक्दैन । उहाँले थप भन्नु भयो भारतमा जसरी ४०/५० जनाको शिक्षक शिक्षाको भर्ना खोल्दा ४०/५० हजारको आबेदन पर्छ त्यसरी नै नेपालमा पनि पहिलो आकर्षणको केन्द्र शिक्षाशास्त्र बनाउने अभियान अगाडी बढाउनु पर्छ ।’ उहाँले यस प्रकारको शिक्षाको बैचारिक बहसलार्इ सशक्त ढंगले अगाडी बढाउन यो समाज सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।

शिक्षाबिद एबम Graduate School of Education का निर्देशक तथा यस समाजका सल्लाहाकार प्रा. डा. गणेश बहादुर सिंहले शिक्षाशास्त्र सरोकार समाजको प्रथम बैठकमा समाज समकालीन शैक्षिक मुद्दाहरुलाइ शसक्त ढंगले उठाउदै शिक्षाशास्त्रका सरोकारहरुमा बहसलाइ घनिभुत रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो। उहाँले यस सम्बन्धी बहसहरुको अभाबमा शिक्षाशास्त्र संकायकोबारेमा विभिन्न टीका टिप्पणी हुने गरेको बताउनुभयो।
शिक्षाशास्त्रको सशक्त बहस आवश्यक रहेको बताउनु भयो । उहाँले यस प्रकारको शिक्षाको बैचारिक बहसलाइ सशक्त ढंगले अगाडी बढाउन यो समाज सफल हुने बिश्वास ब्यक्त गर्नु भयो।

शिक्षाविद् तथा यस समाजका सल्लाहाकार प्रा. डा. हेमराज ढकालले नेपालमा शिक्षाशास्त्र सम्बन्धी समस्याहरु बिकराल रहेको बताउनु भयो । उहाँले शिक्षाशास्त्रमा भर्ना हुन तोकिएको मापदण्ड नै सही नरहेको र त्यही मापदण्डले शिक्षाशास्त्रलार्इ अगाडी बढ्न नदिएको बताउनुभयो ।
उहाँले यस प्रकारको शिक्षाको बैचारिक बहसलार्इ सशक्त ढंगले अगाडी बढाउन धेरै नै चुनौती भएपनि यो समाज सफल हुने बिश्वास ब्यक्त गर्नु भयो । साथै उहाँले समाज दीर्घकालिन र सशक्त हुन सकोस भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।

शिक्षाविद् तथा यस समाजका सल्लाहाकार सह प्रा. डा. पेशल खनालले नेपालमा शिक्षाशास्त्र सम्बन्धी सृजनात्मक कार्य गर्न लाग्नु पर्ने बताउनु भयो । उहाँले यस समाज स्थापनासँगै यसका आधारहरु निर्माण गर्न लाग्नु पर्ने बताउनु भयो । यो समाजको दीर्घ जीबनलार्र्इ सोचेर आफ्ना सरोकारहरुमा सशक्त रुपमा लाग्नु पर्ने बताउनु भयो । उहाँले शिक्षा बिकास तथा चिन्तनमा लाग्नु पर्ने धारणा समेत व्यक्त गर्नुभयो ।
उहाँले यस प्रकारको शिक्षाको बैचारिक बहसलार्इ सशक्त ढंगले अगाडी बढाउन धेरै नै चुनौती भएपनि यो समाज सफल हुने बिश्वास ब्यक्त गर्नु भयो ।

शिक्षाविद् तथा यस समाजका सल्लाहाकार सह प्रा. किरणराम रञ्जितकारले नेपालमा शिक्षाशास्त्र नीति निर्माण तथा निर्णय प्रकृयामा शिक्षशास्त्र संकायका मूल्य मान्यता अनुरुप कार्य गराउन काम गर्नु पर्ने बताउनु भएको छ । सरकारी निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाविद् तथा यस समाजका सल्लाहाकार सह प्रा. डा. जनार्दन घिमिरेले शिक्षाशास्त्रमा भर्ना नीति परिवर्तन गर्दै यसलार्इ बिस्तार गर्नु पर्ने बताउनुभयो । उहाँले दीर्घकालकालागि बहसको केन्द्र बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले यसको विकास सँगसँगै निरन्तरता आवश्यक रहेको बताउनु भयो ।






