बेबिलोन स्कुलमा नारायणगोपाल स्मृति साँझ

शिक्षक र विद्यार्थीले सम्झे स्वरसम्राटलाई

काठमाडौँ, २० मङ्सिर । बेबिलोन नेशनल स्कुल शान्तिनगरका विद्यार्थीले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यलाई सम्झिँदै विद्यालयमाउनको २८ औं स्मृति साँझ मनाएका छन् ।

बेबिलोन स्कुलका निर्देशक, गायक तथा संगित गुरु प्रकाश आचार्यको पहलमा बेबिलोनमा पहिलो पटक बेबिलोन स्व.नारायण गोपाल साँझ आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालयका संगीत शिक्षक तथा गायक प्रकाश आचार्य, सागर गौतम, मोतिकला राई, जानुका सुवेदीका साथै विद्यार्थीहरु प्रज्ज्वल आचार्य, विक्रम कार्की र कृतिका तामांङले स्वर्गीय स्वरसम्राटका २ दर्जनभन्दा बढी कालजयी गीत गाएका थिए ।

उनीहरुलाई हार्माेनियममा विद्यालयका संगीत शिक्षक सागर गौतम, तवलामा न्हुच्छेलाल महर्जन, बाँसुरीमा माधव त्रिपाठी र गीतारमा पुजन त्रिपाठीले साथ दिएका थिए ।

यस अघि विद्यालयका प्रिन्सिपल राजु राई, निर्देशक आचार्य, अरु निर्देशक, शिक्षक/विद्यार्थीले स्व.स्वरसम्राटको तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा वरिष्ठ गीतकार नारायणकुमार आर्चाय पनि सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा