मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौँ, २६ असोज । काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ ।

 बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गएराति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।