रक क्लाइम्बिंग गर्दै ट्रिटनका विद्यार्थी

ककनी, १९ मङ्सिर । ककनीको ढुंगे डाँडामा रक क्लाइम्विंग गर्दै (चट्टान चढ्दै) ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीको एकदिन वित्यो ।

स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा २ रात ३ दिने हिउँदे क्याम्पमा सहभागी भएका ३ दर्जन ट्रिटन स्काउटहरुले ढुंगे डाँडामा रक क्लाइम्विंगमात्रै गरेनन, सुपरम्यान जम्प, टार्जन जम्प, अप्सेलिंग, कमाण्डो त्र्रिज, रोप क्लाइम्बिंग, टनेल, बाम्बो क्रसिंग लगायत २० वटा भन्दा बढी कृयाकलापमा सहभागी भए ।

उनीहरुलाई साहसिक, मनोरञ्जनात्मक, ज्ञानवद्र्धक र शैक्षिक कृयाकलापको साथै रातको समयमा वन्यजन्तु अवलोकन र क्याम्प फायर समेतको आयोजना गरि मनोरञ्जन गराइएको थियो ।

पहिलोपटक ककनी पुगेका ति स्काउटहरुलाई छात्र छात्राको अलग अलग शिवीर खडा गरि राखिएको थियो । स्काउट शिक्षक शिवकुमार त्वायना क्याम्प चिफ रहेको सो शिवीरमा कविता राई र शिव गैरे उपक्याम्प चिफ थिए ।

सो क्याम्पको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा