जेनजीका नाममा वितण्डा निन्दनीय : मुख्यमन्त्री कँडेल

काठमाडौँ, २९ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनलाई प्रयोग गरी केही व्यक्ति तथा समूहले प्रतिशोध साध्ने काम गरेको आरोप लगाएका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा उनले जेनजीका नाममा वितण्डा मच्चाइँदा निजी तथा सरकारी निवाससहित सवारीसाधनहरूमा क्षति पुगेको जानकारी दिए ।

आन्दोलनकारीहरूलाई वास्तविक उद्देश्य थाहा नभए पनि व्यावसायिक लाभका लागि केही तत्त्व सक्रिय देखिएको उनले दाबी गरे । 

उनले जेनजी आन्दोलनका मागमध्ये सुशासन र भ्रष्टाचारविरुद्धका आवाज समर्थनयोग्य भए पनि तोडफोड, आगजनी र हिंसा निन्दनीय भएको बताए । ‘कतिपय अनुकरणीय कुरा छन्, तर त्यसका नाममा वितण्डा गर्नु गलत हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई