नेतृत्व र संगठनहरुमा व्यापक पुनर्गठनको खाँचो: उपाध्यक्ष पाण्डे

काठमाडौँ, २९ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समयले नेतृत्व र संगठनहरुमा व्यापक पुनर्गठनको खाँचोलाई औंल्याएको बताउनुभएको छ ।

जेनजीको आन्दोलनपछि राजनीतिक परिघटना तनावगष्त अवस्थामा राजनीतिक पार्टीहरुको अवस्था समेत गम्भीर बनेको उल्लेख गर्दै उहाँले नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरुले आफूलाई आफ्नो कार्यको मूल्यांकन गर्न, सही मार्ग पहिल्याउन र मुलुकमा राजनीतिक स्थीरता, शान्ती, विकास र समृद्धिको लागि के उपायहरु छन् भन्ने बारेमा नयाँ शिराबाट सोच्नु आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हालको राजनीतिक परिघटना र तनावग्रष्त अवस्थामा सवै राजनीतिक पार्टीहरुका अवस्था समेत गम्भीर बन्न पुगेकोछ । यो संकटको अवस्थामा सर्वसाधारणहरु, कार्यकर्ता तथा नेताहरुले धैर्यधारण गरी अगाडी बढ्नु आवश्यकछ । यो नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरुले आफूलाई आफ्नो कार्यको मूल्यांकन गर्न, सही मार्ग पहिल्याउन र मुलुकमा राजनीतिक स्थीरता, शान्ती, विकास र समृद्धिको लागि के उपायहरु छन् भन्ने बारेमा नयाँ शिराबाट सोच्नु आवश्यकछ । समयले नेतृत्व र संगठनहरुमा व्यापक पुनर्गठनको खाँचोलाई औंल्याएकोछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका