वामपन्थी दलहरूबीच एकताको पहल भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, १८ भदौ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीबीच छिट्टै एकता हुनसक्ने बताएका छन् ।

आज अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनलाई प्रज्ञाभवनमा सम्बोधन गर्दै वामपन्थीहरूबिच एकता हुनसक्ने बताएका हुन् । 

उनले भने, ‘म यहाँबाट भन्न चाहन्छु । विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबिच एकताका लागि छलफल भइराखेको छ । छिट्टै अर्को सम्मेलन हुनसक्छ । आठौँ सम्मेलन वा एकताको सम्मेलन हुनसक्छ । त्यसका लागि तयार भएर बस्न म आग्रह गर्छु’, । 

त्यस्तै प्रचण्डले नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताए । उनले भने, ‘महिलाले आधा आकाश होइन ढाकेको होइन, दुई तिहाइ आकाश ढाकेको भन्नुपर्छ । दुई तिहाइ पुरुष विदेश गएका छन् । एक तिहाइ मात्र नेपालमा छन् । अब महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ, ३३ प्रतिशत अधिकारका लागि होइन’, । 

हिजो जनयुद्धमा ५० प्रतिशत महिला सहभागी नभएको भए सङ्घीय गणतन्त्र नआउने उनले बताए । महिलाहरूको त्याग, तपस्या र योगदानबाट नै यी सबै सम्भव भएको जिकिर गरे । जनयुद्धबाट प्राप्त भएको उपलब्धि समाप्त गर्न फेरि प्रतिगामी षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यस्ता षड्यन्त्रविरुद्ध युद्धकालमा जस्तै महिलाको सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट