प्रतिनिधिसभा बैठक भदौ ९ गतेसम्म स्थगित

काठमाडौँ, ८ भदौ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।

विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले स्वीकृत गरेको छ ।

त्यसैगरी, परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रस्ताव पनि बैठकले पारित गरेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले स्वीकृत गरेको छ ।

चार वटै विधेयकहरू अब सम्बन्धित संसदीय समितिमा जानेछन्, जहाँ सांसदहरूले हालेका संशोधनहरूमाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार पारिनेछ । विधेयकहरूलाई समितिमा पठाउने कार्यसूची सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा