कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने

काठमाडौं, १२ मंसिर । भारतमा कक्षा १ र २ पढ्ने विद्यार्थीलाई गृहकार्य दिन रोक लगाइएको छ ।

भारतको मानव संसाधन मन्त्रालयले सोमबार जारी गरेको निर्देशिकामा कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन रोक लगाइएको हो ।

यसका साथै कक्षा १ देखि २ सम्म भाषा, गणित विषयबाट सम्बन्धित केबल २ मात्र किताव अनिवार्य गरिएको छ । भारतमा पहिलो पटक कक्षा १० सम्मका विद्यार्थीका लागि निर्देशिका जारी गरिएको हो ।

 विद्यार्थीले स्कुल जाँदा बोक्ने झोलाको तौल कक्षा १ र २ का विद्यार्थीहरुले बढीमा डेढ केजी तथा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले २ देखि ३ केजीमा सम्म बोक्न पाउने छन् । कक्षा ६ र ७ का विद्यार्थीले ४ केजी, ८ र ९ का विद्यार्थीले साढे ४ केजी सम्मको तौल भएको झोला बोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा