सरकारको आलोचकलाई प्रम ओली कडा जवाफ : केही दिनमै जता हेर्यो उतै सरकार देख्नुहुन्छ

काठमाडौँ, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचकलाई कडा रुपमा जवाफ प्रस्तुत गर्दै केही दिनमा नै जता हेर्यो उतै सरकार देख्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन सरकारले भन्ने पनि सुनियो । यो सरकार जुम्रा मार्न पनि होइन, अनि सिन्का भाँच्न पनि होइन यो त देश बनाउनका लागि हो ।’

प्रधानमन्त्री ओलले सरकारलाई नदेख्ने जो कोहीले पनि सर्वसाधारण जनता, दुःखी, गरिव, असाहय जनतालाई गएर सोधे जनताको उत्तरले नै देख्न सकिने समेत बताउनुभयो । जनताको चाहना नै वर्तमान सरकारको नीति तथा कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ ।’ ‘सरकार कहाँ छ भनेर श्रमजीविलाई सोध्नुस, दुख पाएका लाई सोध्नुस उहाँहरुबाट पाउनु हुनेछ सरकार कहाँ छ भन्ने जवाफ ।’

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची काठमाडौं आउँछ त्यसले अर्को जवाफ दिन्छ सरकार कहाँ छ भन्नेहरुलाई । बाटोमा धुलो उड्न कम भएको छ । काठमाडौंको धुलो बढारिन्छ, धोइन्छ अनि थाहा पाउनुहुनेछ सरकार । कलंकी नागढुंगा सडक वर्षौँदेखि बनेको थिएन तर अहिले जानुस् धमाधम बन्दै छ । अब त जता फर्क्यो त्यतै सरकार देख्न थालेपछि आफै चुप लाग्नुहुनेछ ।’

प्रधानमन्त्री ओलीले सरकार श्रमजीवीको साथमा भएको बताउँदै उनीहरुको भविष्य उज्ज्वल बनाउन लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।

काठमाडौँ, ८ भदौ । २०८३ साल भदौ ८ गते सोमबारको राशिफल ।    मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश

काठमाडौँ, ७ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ७ भदौ । अब बजारमा बिरामी परेका र मरेका पशुपन्छी (जस्तै खसी, बोका, भेडा, च्यांग्रा, सुँगुर, बंगुर, भैँसी, बँदेल, खरायो,