काठमाडौं, ६ मंसिर। कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयको खाता रोक्का गरिदिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी नदिई ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी खाताको हस्ताक्षर परिवर्तन गरिएको र विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेपछि विद्यालयको नेपाल बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता रोक्का गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने खातालाई परिवर्तन गरी प्रधानाध्यापक र लेखापालको हस्ताक्षरबाट सञ्चालन हुने व्यवस्था गरिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जागृति बोगटी र प्रधानाध्यापक भूपालसिंह खड्काबीच विवाद भएको हो ।





