काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान

काठमाडौँ, ३ वैशाख । सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।

बुधवार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूका सम्बन्धमा सरकार संवेदनशील रहेको  र यथोचित सम्बोधन हुने बताए । आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिए । 

संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए । शिक्षकहरूको माग अनुसार विद्यालय शिक्षा ऐनलाई सदनबाट फास्ट ट्र्याकबाट पारित गर्नका लागि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा