शिक्षकलाई काममा फर्किन सरकारको अनुरोध

काठमाडौँ, ३ वैशाख । मन्त्रिपरिषद्को मंगलबारको बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको उल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको जानकारी दिएकी हुन् । उनले शिक्षकले उठाएका यथोचित माग सम्बोधन गर्न सरकार तयार रहेको प्रष्ट पारेकी छन् ।

महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ थियो । विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ-आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा