औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन : मन्त्री पौडेल

काठमाडौँ, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् ।

इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए ।

उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो”, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली

काठमाडौँ, २५ असोज । साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौँबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज