काठमाडौँ, २५ असोज । अर्घाखाँची छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको छ । घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।





