काठमाडौँ महानगरले विद्यालयमा खेल प्रशिक्षण गर्दै

काठमाडौँ, २८ असोज । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षण गर्ने भएको छ ।

महानगरले स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्न लागेको हो । प्रशिक्षणमा क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु लगायतका विधा रहने सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिए। 

उनका अनुसार प्रशिक्षणका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदन दिन सक्नेछन् । कार्तिक मसान्तभित्र छनोट भएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिइने उनको भनाई छ । मंसिर, पुस र माघ गरी करिब ३ महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने महानगरको तयारी छ। छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबीच हुने तर प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइने पोखरेलले बताए।

यसैगरी जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ। जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ। कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसईईको तयारीमा प्रोत्साहन गरिनेछ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु