राष्ट्रिय पुस्तक नीति बनाउँदै शिक्षा मन्त्रालय

काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पुस्तक नीति २०८१ माथि सुझाव मागेको छ ।

मन्त्रालयले यसबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग आवश्यक सुझाव लिने कार्य प्रारम्भ गरेको हाे । मन्त्रालयले  मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको बताइन् । पुस्तक नीतिलाई  अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै  सुझाब सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने भट्टराईले बताइन् ।

मन्त्री भट्टराईले  लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर  अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरूलाई सिकाएर एवम् पढ्‌नेले पढ्न  सिकाएर पुस्तकको महिमा बढाउन सकिने र यसका लागि समुदाय स्तरमा प्रशस्त  मात्रामा पुस्तकालयको आवश्यकता बोध गराउनुपर्ने  बनाइन् ।  

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले छिटो यसलाई लागू गरिने बताइन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ । बुधबार