राष्ट्रिय पुस्तक नीति बनाउँदै शिक्षा मन्त्रालय

काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पुस्तक नीति २०८१ माथि सुझाव मागेको छ ।

मन्त्रालयले यसबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग आवश्यक सुझाव लिने कार्य प्रारम्भ गरेको हाे । मन्त्रालयले  मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको बताइन् । पुस्तक नीतिलाई  अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै  सुझाब सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने भट्टराईले बताइन् ।

मन्त्री भट्टराईले  लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर  अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरूलाई सिकाएर एवम् पढ्‌नेले पढ्न  सिकाएर पुस्तकको महिमा बढाउन सकिने र यसका लागि समुदाय स्तरमा प्रशस्त  मात्रामा पुस्तकालयको आवश्यकता बोध गराउनुपर्ने  बनाइन् ।  

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले छिटो यसलाई लागू गरिने बताइन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ