काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौँ, १२ असोज । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्‌का घटनाका कारण काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु भएको छ ।

आज दिउँसोसम्म काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् ।

यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार गरिएको छ ।

यस्तै, काठमाडौँमा एक र ललितपुरमा ११ गरी कुल १२ जना बेपत्ता छन् । उद्धारकार्यका लागि उपत्यकामा चारहजार ५१० जना प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका