साढे ७ हजारबढी नेपाली वैदेशिक रोजगारीको नाममा ठगिए

काठमाडौँ, २१ साउन । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती मध्ये तीन हजार ८३७ उजुरी फर्छ्यौट भएका छन् ।

ठगीमा उजुरीमा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४४२ उजुरी परेका छन् । ती मध्ये १७३ जनाको उद्धार गरिएको छ । त्यस्तै दुई हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ उजुरी परेका छन् । ती मध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ । भने ३९० मुद्दा अदालतमा पठाइएको छ ।त्यस्तै प्रहरी शाखामा सबैभन्दा बढी तीन हजार ४०५ उजुरी परेका छन् । ती मध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ । भने प्रहरीकहाँ परेका उजुरीमध्ये दुई हजार २१७ उजुरी फर्छ्यौट भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट