निजी क्षेत्रलाई गुनासो लिएर सिंहदरबार आउन नपर्ने वातावरण सिर्जना गर्छु : मन्त्री भण्डारी

काठमाडौँ, ३ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उनले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउन नपर्ने वातावरण सिर्जना गर्ने पनि बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले अर्थतन्त्रका समस्या सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । देश, व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा देखिएको समस्या समाधानको प्रयास गर्ने बताएका हुन् । उत्पादनमूलक गतिविधि बढाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको उनको भनाइ थियो ।

भेटमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आत्मविश्वास बढाउने नीति ल्याउन मन्त्री भण्डारीलाई आग्रह गरे । ढकालले थप स्वदेशी लगानी आउनका लागि निजी क्षेत्रको विश्वास बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट