बारामा बस पल्टिँदा १३ जना घाइते

काठमाडौँ, २७ असार । बारामा बस पल्टिँदा १३ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार आज बिहान १० बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएको हो । 

दुर्घटना भएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो । दुई जना घाइतेको अवस्था गम्भीर छ । मलंगवाबाट वीरगंज जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरू सवार थिए । 

गम्भीर घाइते भएका २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा राखेर सिमरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई