एमाले काठमाडौँ जिल्लाको पदाधिकारीमा मेरो दाबी छैन : सुनिता डंगोल

काठमाडौँ, २७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफ्नो दाबी नरहने बताएकी छन् । 

आज एक विज्ञप्ति जारी गर्दै डङ्गोलले सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफ्नो दाबी नरहने बताएकी हुन् ।

‘नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनको अहिले बन्द सत्र चलिरहेको छ । ५ सय ८५ प्रतिनिधिको उपस्थिति रहेको उक्त अधिवेशनले नयाँ नेतृत्व छनोट गर्दै सम्पन्न हुनेछ’, ‘बन्द सत्र चलेसँगै नयाँ नेतृत्व छनोटको समेत प्रक्रिया चलिरहेका बेला विभिन्न सञ्चारमाध्ययमहरुले काठमाडौँ जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि मेरो पनि दाबी रहेको भन्दै समाचार प्रकाश तथा प्रसारण गरेको जानकारी प्राप्त भयो ।’ ‘म स्वयम्को जानकारी विना प्रकाशित समाचारहरू सत्य नभएको पनि स्मरण गराउन चाहन्छु,’ डङ्गोलले विज्ञप्तिमा भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा

काठमाडौँ, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत्

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्

काठमाडौँ, ५ असार । जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आज सरकारका