दूरगामी नीतिमा काम गरिरहेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ मन्त्री वाग्लेले भने, ‘युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ ।’

उनका अनुसार सेयर बजार तथा बीमा क्षेत्रलाई केन्द्रमा राखेर विगतमा अनियमितता भएको थियो । उनले भने, ‘यस्तो अवस्थामा सुधारको काम अघि बढाइएको अवस्था छ,’ ‘यो अवस्थामा सेयर लगानीकर्तालाई आफू पनि अनुसन्धानमा तानिन सक्छु भन्ने त्रास भएको हुन सक्छ ।’

त्यसैगरी सुशासनमा निर्मम ढंगले अघि बढ्दा विगत १०–१५ वर्षका आचरण तथा नियतगत विषयबाट केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । बजेटको लक्ष्य अनुसारको नतिजा आउन थालेपछि निजी क्षेत्र निकै उत्साहित भएर अघि बढ्ने उनले दावी गरे । अहिले कमजोर आत्मबल र विश्वासको संकट अवस्था भएपनि यसको सुधार पछि निजी क्षेत्र फस्टाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा

काठमाडौँ, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत्

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्

काठमाडौँ, ५ असार । जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आज सरकारका