रेशम चौधरीको मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौँ, ३० चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । 

टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो