मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जनकपुरधाम, ६ चैत । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साहको मृत्यु भएको हो । उनी लोसपाका भंगहा- ५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् ।

उनी सबार मधेश प्रदेश ०२-००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर-ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो । जनकपुरतर्फ आउन लागेको बेला राति साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा राति करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसहित फरार छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा