काठमाडौँमा दिउँसै चोरी

काठमाडौँ, ३ चैत । काठमाडौँ महानगरपालिका-२६ रानीबारीमा चोरी भएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो रानीबारीमा डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।

चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको