प्रधानमन्त्री संसद्‌मा आउने छिट्टै मिति तय हुन्छ : सभामुख अर्याल

काठमाडौँ, १२ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउनेबारे संवाद भइरहेको जानकारी गराएका छन् ।

साथै, चाँडै मिति तय हुने सूचना पनि आफूले पाएको उनले मंगलबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।

आज पनि प्रधानमन्त्रीको संसद्मा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेका छन् । सो क्रममा सभामुख अर्यालले विपक्षीलाई आश्वस्त पार्दै भने, ‘प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्री आउने तयारी गरिरहनुभएको छ । सदनमा भरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ । सरकार जानकार छ । यसकारणले आज पनि यहाँहरुले राख्नु भएको विष्पायमा मेरो ध्यानाकर्षण भएको छ । कार्यसूचीलाइ अगाडि बढाऔं ।’

फेरि पनि विपक्षी दलहरूले प्रधनमन्त्रीको उपस्थिति खोजे । विपक्षीहरूको विरोधपछि सभामुखले भनेका छन्, ‘मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार प्रधनमन्त्रीले छिट्टै उपस्थित भएर यहाँहरुको जिज्ञासा सम्बोधन गर्नुहुनेछ । छिट्टै मिति पनि तय हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको