स्थिरताका लागि एमाले–माओवादी गठबन्धन : एमाले उपाध्यक्ष बादल

काठमाडौँ, २५ फागुन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् ।

आज प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताए ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने उपाध्यक्ष थापाको दाबी छ ।

यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा

काठमाडौँ, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत्

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्

काठमाडौँ, ५ असार । जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आज सरकारका