बालबालबालिका ऎन कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरीय कार्यशाला

पोखरा, २७ मंसिर । बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा  कास्की जिल्ला स्तरीय एक दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय  बाल अधिकार परिषदको आयोजनामा भएको कार्यशालाको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । पौडेलले बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयनमा हरतरहले लाग्दै पूर्ण कार्यान्वयन गर्न कास्कीका सबै पालिकाहरूलाइ आग्रह गर्नुभयो । बाल अधिकारको  कार्यान्वयनको बिषय कास्कीमा गम्भीर र जटिल हुदै गएको बिभिन्न अध्ययनले देखाएको हुँदा अबका कार्यक्रम बालमैत्री पालिका बनाउने गरि निर्माण गर्न आग्रह गर्दै पौडेलले सो क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकाय थप  जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका समन्वय अधिकारी बद्री वाग्लेले गण्डकी प्रदेशमा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयनमा देखिएका चुनौती र भाबी रणनीतिका सम्बन्धमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा कास्कीका  सबै पालिकाका प्रमुख ,उप प्रमुख , प्रमुख कार्यकारी अधिकृत सहित बाल अधिकार सम्बन्धि फोकल पर्सनहरू सहितका सरोकारवालाहरूको  उपस्थिति  रहेको थियो ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको