ट्रकको ठक्करबाट सहचालकको मृत्यु

झापा, २७ जेठ । झापाको मेचिनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा मे.१ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हाल वतन नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

 दुर्घटनापछि मे.१ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

एजेन्सी, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सम्झौताको पालना नगरे आफूले आवश्यक कदम चाल्ने बताएका छन् ।