मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

रौतहट, ११ असार । रौतहटको गुजरा नगरपालिकामा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ करिब ७ बजेर ५ मिनेट जाँदा गुजरा नगरपालिका–५ हरिहरपुरस्थित भित्री सडकखण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय आमोद चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल, चपुर पठाइएको थियो।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले दिपेश चौधरीलाई राति ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २