कांग्रेसलाई पुनर्जीवन दिन तल्लो तहसम्म जान्छौँ : महामन्त्री थापा

विराटनगर, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए । आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।

उनले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।  “धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ ।”

भारतले सांस्कृतिक नक्सा संसद् भवनमा राखेको प्रसंगमा महामन्त्री थापाले नेपालको इतिहास र विगतको सांस्कृतिक नक्साबारे सबै नेपाली जानकार रहेको बताए । धेरै निराश हुनुभन्दा सम्भावना पहिल्याएर देश विकासमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए । उनले भने, “हाम्रो सांस्कृतिक नक्साको बारेमा हामी पनि जानकार छौँ । अरूलाई पनि यो थाहा छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank