राजनीतिक दलहरूलाई बोलायो निर्वाचन आयोगले: पाँच विषयमा छलफल हुने

काठमाडौँ, २५ जेठ  । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।

शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार  राजनीतिक दलहरूसँगको बैठकमा पाँच विषयमा छलफल हुनेछ । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएको थियो ।

त्यतिबेला आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो । यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेको थियो । गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए । यस विषयमा आयोगले पुन: राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।

यस्तै निर्वाचन कानुनको विधेयक सम्बन्धमा र स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने सम्बन्धमा पनि छलफल गर्न लागेको प्रवक्ता शर्माले बताए । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने विषयमा पनि आज छलफल हुनेछ । त्यस्तै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणको सम्बन्धमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ असार । २०८३ साल असार १३ गते शनिबार सन् २०२६ जुन २७ तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि ।