छोराको कुटपिटबाट आमाको मृत्यु

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद