भारतमा २४ घण्टामा कोभिड सङ्क्रमितको सङ्ख्या ६ हजारबढी

एजेन्सी, २४ चैत । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा  देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ ।

गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३.३९ र साप्ताहिक पोजिटिभिटी दर ३.०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४.४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank